लहानमा ९० जना सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण

लहान । मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लहान नगरपालिका–१८ का ९० जना सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले आज एक कार्यक्रमबीच पोषण सामग्री वितरण गरेका हुन् ।

नगरपालिकाले प्रत्येक महिना फरक–फरक वडामा पुगेर यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पोषण ‘प्याकेज’मा चामल, दाल, नुन, तेल, चनालगायत खाद्य सामग्रीका साथै लामखुट्टेको टोकाइबाट हुने डेङ्गीलगायत रोगबाट बच्न झूलसमेत प्रदान गरिन्छ ।

नगरप्रमुख चौधरीले भने, “गर्भवती र सुत्केरीको स्वास्थ्य सुरक्षा गर्नु हाम्रो प्रमुख प्राथमिकता हो । यस्ता कार्यक्रममार्फत उनीहरूको पोषणस्तर सुधार गर्नाका साथै स्वास्थ्य सेवामा सहज पहुँचका लागि काम गरिरहेका छौँ । आगामी दिनमा यसलाई अझ प्रभावकारी ढङ्गले विस्तार गरिनेछ ।”

नगर स्वास्थ्य शाखाप्रमुख विन्देश्वर चौधरीका अनुसार पोषण प्याकेज नियमित स्वास्थ्य परीक्षण गराउने महिलालाई लक्षित गरेर वितरण गरिएको हो । महिला स्वास्थ्य स्वयंसेविकाले वडामा रहेका गर्भवती र सुत्केरीको प्रारम्भिक तथ्याङ्क सङ्कलन, व्यवस्थापन तथा सेवा सहजीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..