सिन्धुपाल्चोकमा फार्ममा आगलागी हुँदा ५० बाख्रा मरे

काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ गुन्सास्थित विदान विधि कृषि पशुपन्छी फार्ममा करेन्ट सर्ट भएर आगलागी हुँदा ५० बाख्रा जलेर मरेका छन् । आगो निभाउने क्रममा एक व्यक्ति घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्की अनुसार बिहान करिब साढे ८ बजे विमला श्रेष्ठको नाममा दर्ता गरिएको विदान विधि कृषि पशुपन्छी फार्ममा करेन्ट सर्ट भएर आगलागी हुँदा फार्ममा रहेका ८५ बाख्रामध्ये ५० बाख्रा जलेर मरेको ६ वटा घाइते तथा २९ वटाको उद्धार गरिएको छ ।

आगो निभाउने क्रममा स्थानीय ४४ वर्षीय चुडामणी श्रेष्ठ घाइते भएका छन् । उनको टाउको र हातमा चोट लागेकाले चौतारा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।स्थानीयवासी र प्रहरीको सहयोगमा आगलागी पूर्ण नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..