भारतीय विदेश सचिव मिश्रीले राष्ट्रपतिलाई भेटे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले आइतबार शिष्टाचार भेट गरेका छन्।

मिश्रीले राष्ट्रपति कार्यालय, शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। नेपालको दुईदिने औपचारिक भ्रमणका लागि मिश्री आजै काठमाडौं आएका हुन्।

सचिव मिश्रीले पौडेललाई भेटेर भारतीय नेतृत्वको तर्फबाट शुभकामना व्यक्त गरेको बताइएकाे छ। त्यस्तै दुई पक्षीय सम्बन्धमा भएको सुधारको बारेमा राष्ट्रपतिलाई जानकारी गराएको थियाे।

आज बिहान काठमाडौँ आइपुगेका मिस्रीले यसअघि प्रधानमन्त्री केपी ओलीलाई भेटेका थिए।

विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरेका छन्। यसपछि मिश्रीले परराष्ट्रमन्त्री, परराष्ट्रसचिव लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

परराष्ट्र मन्त्रालयका अनुसार विदेश सचिव मिश्रीको भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने भएको छ।उनी सोमबार स्वदेश फर्किनेछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..