मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मधेस प्रदेश आउने भएका छन् । साढे २३ करोडभन्दा बढीको लागतमा नवनिर्मित मधेस प्रदेश प्रहरी कार्यालयको नयाँ प्रशासनिक भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउन लागेका हुन्।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार प्रधानमन्त्री ओली शुक्रबार बिहान साढे ११ बजे आफ्नै हेलिकप्टरमार्फत जनकपुर आइपुग्ने कार्यतालिका छ। प्रहरीको नयाँ भवन उद्घाटनपछि उनी अन्य कार्यक्रमहरूमा पनि सहभागी हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ मा ४ बिघा १९ कट्ठा क्षेत्रफलमा बनेको यो नयाँ प्रशासनिक भवन प्रदेश सरकारको सहयोगमा निर्माण भएको हो। प्रधानमन्त्रीको आगमनलाई मध्यनजर गर्दै जनकपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनकपुर प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..