बलान खोलामा नुहाउन पसेका घनश्याम २८ घण्टापछि मृत भेटिए

लहान । श्रावण महिनाको अन्तिम सोमबारको बिहान, बलान नदीमा अरु जस्तै घनश्याम यादव पनि स्नान गर्न पुगेँ । तर, त्यो बिहान उनको जीवनको अन्तिम स्नान बन्न पुग्यो।

सिरहाकाे सखुवानन्कारकट्टी गाउँपालिका–३ परियारपुरका १५ वर्षीय घनश्याम सोमबार बिहान सिरहाको भगवानपुर गाउँपालिका–४ जनकचोकस्थित बलान खोलामा स्नान गर्ने क्रममा बेपत्ता भएका थिए। परिवारका अनुसार बिहान ८ बजे खोलामा पसेका उनी एकछिनमै पानीको वेगसँगै हराए।

२८ घण्टापछि आज(मंगलबार) उनको शरीर खोलाको पानीमै तैरिरहेको अवस्थामा फेला पर्यो। यो दृश्य देख्दा स्थानीयदेखि परिवारसम्म सबैको आँखाबाट आँसु थामिएन।

घटनापछि प्रहरीले घनश्यामको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाएको छ। “पोस्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइनेछ,” सिरहा प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) बिरेन्द्र कुमार पासवानले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..