कानुन व्यवसायी र सञ्चारकर्मीबीच झडप, महासंघका अध्यक्ष बञ्जारा सहित पाँच जना घाइते

जनकपुरधाम । कानुन व्यवसायी र सञ्चारकर्मीबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। जग्गाको विषयलाई लिएर उनीहरूबीच झडप भएको हो।

धनुषाको जनकपुरधाम उप-महानगरपालिकास्थित राममन्दिर गुठ्ठीअन्तर्गतको कित्ता नं. ६५ क्षेत्रफल ४ कठ्ठा जग्गा गुठ्ठी संस्थान सञ्चालक समितिको निर्णयअनुसार नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिलाई २० वर्षको लिजमा प्रदान गरिएको थियो। तर, सोही जग्गा बलजफ्ती नेपाल बार एशोसिएशनले कब्जा गर्न खोजेपछि झडप भएको प्रहरीले जानकारी दिएको छ।

झडपमा अध्यक्ष श्याम कुमार बञ्जारा, महिला उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो (क्रान्ति) र पत्रकारद्वय दिवाकर साह, अनिल निराला घाइते भएका छन्। उनीहरूको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

२०८२ जेठ ७ गते गुठ्ठी संस्थानले गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी नियमानुसार प्राप्त हुन आएको प्रस्ताव मध्येबाट पत्रकार महासंघको वार्षिक बहाल सबैभन्दा बढी रकम तीन लाख एक हजार उच्चत्तम मूल्यांकन भएर साउन १ गते गुठ्ठीबाट स्वीकृत भएको थियो।

सोही जग्गामा नेपाल बार एशोसिएशन जनकपुरधामले पार्किङ स्थाल बनाउँदै जग्गा अतिक्रमण गर्न साउन २० गते सूचना नै जारी गरी २१ गतेदेखि बार एशोसिएशनको छेउमा रहेको जग्गामा कानुन व्यवसायीहरुलाई गाडी पार्किङका लागि उर्दी जारी गरेको थियो।

कानुन व्यवसायी तथा बार एशोसिएशनका वकिलहरूले पत्रकार महासंघको जग्गामा तारबार लगाउने र किल्ला गाड्ने काम गरेपछि पत्रकार महासंघले त्यसको प्रतिरोध गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..