त्रिभुवन विमानस्थलमा ‘भिजिटर पास’ वितरण बन्द

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा वितरण हुँदै आएको ‘भिजिटर पास’ साउन २७ गतेदेखि पूर्ण रूपमा बन्द गरेको छ ।

विमानस्थल सुविधादेय समितिको निर्णयअनुसार ड्युटी अफिसमार्फत हुने भिजिटर पास वितरण कार्य अब रोकिएको हो ।विमानस्थलले जारी गरेको सूचनामा भिजिटर पास बन्द भए पनि वृद्ध–वृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका व्यक्ति, गर्भवती महिला तथा नाबालक यात्रुका लागि सहायता कक्षको सुविधा यथावत रहने स्पष्ट गरिएको छ ।

यस्तै, व्हिलचेयरसहित विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीको समन्वयमा सहजीकरण गरिनेछ।कार्यालयले यात्रुहरूलाई आफ्नो हवाई टिकटमा उल्लेखित ‘चेक–इन ब्यागेज’ संख्या र अधिकतम तौल सीमा अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..