देशलाई विश्वभर चिनाउने खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । म्याट्रिक्स फाइट नाइट १७ च्याम्पियन बनेका नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका छन्।

बुधबार दिउँसो शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले एमएमए फाइटर रवीन्द्रलाई सम्मान गरेका हुन्।

रविन्द्रलाई सम्मान गर्दै राष्ट्रपति पौडेलले बझाङको बाघ भनेर परिचित नेपाली एमएमए फाइटर रविन्द्र ढाटले आफ्नो खेल कौशल, सामथ्र्य, शक्ति र खेलप्रतिको अगाध समर्पणले यो उपाधि जित्न सफल हुनु नेपालीहरूको लागि गौरवको विषय भएको बताए। राष्ट्रपति पौडेलले ढाटको सफलताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

उनले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताए। उनले देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास एवम् खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्ने बताए।

‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरुले किर्तिमान र सफलता हासिल गर्न सक्दछन्,’ उनले भने।

राष्ट्रपति पौडेलले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा खेलको महत्व रहेको बताए।

रविन्द्रले भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका थिए। उनलाई सोमबार त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..