प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा दिनभर प्रदर्शन

सप्तरी । प्रहरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आज राजविराजमा दिनभर प्रदर्शन भएको छ ।

मृतकका आफन्त एवं गाउँले मिलेर जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर बिहान करिब १० बजेदेखि निरन्तर प्रदर्शन गरेका हुन् । राजविराजको मुख्यचोक (दशन चोक) मासमेत टायर बालेर दिनभरी प्रदर्शन गरिएका कारण मुख्य बजार बन्द भएको थियो ।

मदिरा भारततर्फ तस्करी भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि स्थानीयले एक्कासी ढुङ्गामुडा गर्न थालेपछि प्रहरीले गोली चलाउँदा स्थानीय यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

प्रहरीको गोली लागेर घाइते भएका ३६ वर्षीय यादवको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको थियो । मृतक यादव सोही गाउँस्थित आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए । उनका आफन्त र स्थानीयवासीले यादवलाई प्रहरीले सुनियोजित तवरले गोली प्रहार गरेको आरोप लगाएका छन् ।

प्रहरीले यसअघि सीमावर्ती उक्त गाउँमा मदिरा तस्करी नियन्त्रणका लागि ‘सर्च अपरेसन’ सञ्चालन गर्दै आएको थियो । प्रहरीको अपरेसनबाट १६ लाखभन्दा बढी मूल्य बराबरको मदिराजन्य पदार्थ बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

सिरहा । सिरहा प्रहरीले जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदि बन्दीहरुलाई भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको छ । जेएनजीको आन्दोलनको क्रममा कारागार..