गुण्डा नाइके सानुभाइसहित ४ जनाको पाँच दिन म्याद थप

काठमाडौं। ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा पक्राउ परेका चार जनाको २६ साउनसम्म हिरासतमा रहने गरि म्याद थप गरिएको छ ।दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौंले २६ साउनसम्म हिरासतमा राख्न अनुमति दिएसँगै पक्राउ परेका चारै जनाको म्याद थप भएको हो ।

१४ साउनमा ठमेलकै नगरकोट दोहोरी साँझमा सानुभाइ र राजेन्द्र गुरुङ समूहका व्यक्तिबीच झगडा भएको थियो ।झगडा गरेको आरोपमा ठमेल क्षेत्रमा गुण्डागर्दी गरेको आरोप लागेका सानुभाइ भनिने युवराज गुरुङ, दीलकुमार तुम्बापो र रवीन्द्र गुरुङ र ठमेलकै क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ छन् ।युवराज र राजेन्द्र दुवै जना ठमेलमा गुण्डागर्दीमा संलग्न रहदै आएका छन्। यसअघि पनि उनीहरु पटक पटक पक्राउ पर्दै आएका छन्।

क्लब ओम्निया चलाउँदै आएका राजेन्द्र र युवराजबिच ठिक दुई वर्षअघि पनि कुटाकुट भएको थियो। त्यसबेला क्बल ओम्निमियामै भएको झगडामा युवराजसहित ६ जनालाई पक्राउ गरि प्रहरीले अनुसन्धान गरेको थियो ।उनीहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..