गाजा पूर्ण कब्जा गर्ने नेतान्याहुको तयारी, इजरायली सेना असहमत

एजेन्सी । इजरायलका प्रधानमन्त्री बिन्जामिन नेतान्याहुले सुरक्षा मन्त्रिपरिषद्सँगको बैठकमा गाजा पट्टीलाई पूणरुपमा कब्जा गर्ने प्रस्ताव राख्ने तयारी गरेका छन् ।

एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै यो निर्णय भइसकेको स्थानीय पत्रकारहरूले बताएका छन् ।

“हामी गाजा पट्टीमा पूर्ण कब्जा गर्न गइरहेका छौँ । हामी हमासलाई परास्त गर्नेछौँ,” ती अधिकारीले भने ।

सेना प्रमुख र अन्य सैन्य अधिकारीहरू यो योजनाको विरोधमा रहेको भन्ने रिपोर्टहरूको बारेमा ती अधिकारीले भने, “यदि, यो योजना स्टाफ प्रमुखलाई स्वीकार्य छैन भने उनले राजीनामा दिनुपर्छ ।”

यसैबीच, बन्धकका परिवारहरू यो प्रस्तावलाई लिएर चिन्तित रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..