प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्का अध्यक्ष कासिमालिभबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच मंगलबार द्विपक्षीय भेटवार्ता भएको छ ।

तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा दुई मुलुकबीचको अपसी सम्बन्ध र हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..