रेशमलाई थुनाउने महिमानलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चले पनि गर्‍यो सदर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न लेखिएको पत्रका कारण विवादमा तानिएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट धरौटीमा रिहा हुने जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको इजलासले बिहीबार जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो ।जिल्ला अदालतले जेठ ५ गते न्यायाधीश दिनबन्धु बरालको इजलासबाट विष्टलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

महिमानले अनधिकृत रूपमा चौधरीको नाममा पक्राउका लागि पत्र लेखेपछि, सोही पत्रका आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागारमा चलान गरेको थियो ।तर, अदालतले सो पत्रलाई आधिकारिक नठहराउँदै चौधरीलाई सोही दिन रिहा गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..