सुदूरपश्चिममा मुख्यमन्त्री शाहले पाए विश्वासको मत,नाउपाका एक सांसद पनि पक्षमा उभिए

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएपछि उनलाई विश्वासको मत लिनु परेको थियो ।

४५ सांसद उपस्थित रहेकोमा ३० जनाले मुख्यमन्त्रीको पक्षमा मत हालेका छन् भने १५ सांसदले विपक्षमा मतदान गरेका हुन् ।

नाउपाका सात सांसदमध्ये एकमात्र कैलाश चौधरीले प्रदेशसभामा उपस्थित भएर मुख्यमन्त्री शाहको पक्षमा मतदान गरे । बाँकी छ जना सांसद भने उपस्थित भएनन् ।यस विश्वासको मतमा कांग्रेसका १८ र नेकपा एमालेका ११ मत पनि मुख्यमन्त्रीको पक्षमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..