खसीको नाममा बाख्राको मासु बिक्री,तीन पसलबाट २५ किलो मासु बरामद

विराटनगर । खसीको मासुको नाममा बाख्राको मासु बेचेर उपभोक्तालाई ठग्ने तीन मासु पसलविरुद्ध विराटनगर महानगरपालिकाले कारबाही गरेको छ ।

बजार अनुगमनका क्रममा उक्त पसलहरूबाट २५ किलो बाख्राको मासु बरामद गरी नष्ट गरिएको हो । विराटनगर–९, पुरानो गुद्री क्षेत्रमा बिहीबार गरिएको छापामारीमा उपभोक्ताको गुनासोपछि अनुगमन टोली परिचालित गरिएको थियो ।विराटनगर महानगरपालिकाको पशुपंक्षी महाशाखा प्रमुख हीरालाल यादवका अनुसार, मासु पसलहरूले खसीको नाममा बाख्राको मासु बिक्री गर्दै आएको गुनासोपछि कडाइका साथ अनुगमन गरिएको हो।

अनुगमनका क्रममा अलिहसन मियाँको पसलबाट १५ किलो, सोहराव कुरेसी र न्यू जावेद मासु पसलबाट ५–५ किलो गरी जम्मा २५ किलो बाख्राको मासु बरामद गरिएको यादवले जानकारी दिए।

बरामद गरिएको सम्पूर्ण मासु तत्कालै नष्ट गरिएको छ।यसका अतिरिक्त, विराटनगर–९ का मल्लिक मिट सेन्टर, न्यू गाउँले फ्रेस हाउस तथा विराटनगर–११ का करिया मिट सेन्टर र कञ्चन फ्रेस हाउसमा पनि मापदण्डमा सामान्य त्रुटि फेला परेपछि ती पसलहरूलाई अन्तिम पटकका लागि सुधारको चेतावनी दिइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..