मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागुऔषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागुऔषध नियन्त्रण व्युरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागुऔषधको उत्पादन,भण्डार र प्रयोग ठूलो चुनौतिका रुपमा देखिएको बताए।

‘लागुऔषधको प्रयोगले सडक दुर्घटना,आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति गर्छ । त्यसैले हामीले एक वर्षमा लागुऔषधविरुद्धको महाअभियान लागु गरेका थियौं ,’उनले भने अभियान सार्थक भएको छ ।’

विगतका वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागुऔषध नियन्त्रणमा प्रगति भएको गृहमन्त्री लेखकले बताए । आगामी दिनमा थप प्रभावकारी ढंगले यो चुनौतिको सामना गर्नुछ । स्रोत साधानको कमी भएपनि चहाँदा धेरै काम गर्न सकिन्छ । त्यो यो एक वर्षमा देखिएको छ,’उनले भने। लागुऔषधको विगविगी देखिएको भन्दै यसविरुद्धको अभियानमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

खास गरेर युवाहरूमा यसको लत देखिएको छ । देशको भविष्य जोडिएको युवा शक्ति लागुऔषधमा फसेको देखिएको छ,’उनले भने,लागुऔषधविरुद्धको महाअभियानले परिणाम ल्याएको छ । लागुऔषधको अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन । लागुऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ । यो प्रहरीको मात्र होइन । सबै मानिसको जिम्मेवारी हो ।’

यस्तै गृहमन्त्री लेखकले लागुऔषध व्युरोलाई विभागकै रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । ‘लागुऔषध व्युरोलाई विभागका रुपमा विकास गर्ने मैले प्रतिबद्धता जनाएको छु । मन्त्रालयबाट हुने सहयोग हुन्छ,’उनले भने।

गृहमन्त्रीले लागुऔषध व्युरोलाई विभागका रुपमा विकास गर्नका लागि तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापालाई निर्देशन दिए । कार्यक्रममा महानिरीक्षक थापाले लागुऔषध व्युरोलाई विभागका रुपमा विकास गर्ने गृहमन्त्रीको प्रस्ताव सराहनीय रहेको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..