बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित

हेटौंडा । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् ।

बुधबार प्रदेश राजधानी हेटौडामा भएको निर्वाचनमा उनी मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै दलको नेतामा निर्वाचित भएका हुन् ।

बुधबार हेटौंडामा भएको निर्वाचनमा कुल ३७ मत खसेकोमा बानियाँले २२ र उनका प्रतिस्पर्धी लामाले १४ मत प्राप्त गरे । एक मत भने बदर भएको छ ।

कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेश सभा सदस्य बानियाँले संसदीय दलका नेता लामाविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव मंगलबार पारित भएको थियो ।

कांग्रेसका ३७ सांसद मध्ये मंगलबार मुख्यमन्त्री लामाको पक्षमा १५ र बानियाँको पक्षमा २२ जना देखिएका थिए । २२ मतसहित बानियाँ दलको नेता चुनिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..