दलको नेतामा पराजित मुख्यमन्त्री लामाको प्रश्न – म ५ वर्षको लागि निर्वाचित भएको हुँ,राजीनामा किन दिने ?

हेटौँडा । नेपाली कांग्रेस बागमती संसदीय दलको निर्वाचनमा पराजित भएपछि मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतान्त्रिक पद्धतीको उपयोग भएको बताएका छन्।

मुख्यमन्त्री लामाले संसदीय दलको नेताको लागि निर्वाचन हुनु लोकतान्त्रिक पद्धती भएको भन्दै राजीनामा भने नदिने बताए ।

उनले भने–‘यो लोकतान्त्रिक प्रणाली हो, पहिला मैले जितेँ अहिले उहाँले जित्नुभयो । तर विधि र विधानमा अघि बढ्नुपर्ने भन्ने कुरा हो। म ५ वर्षको लागि निर्वाचित भएको थिएँ। तर उहाँहरूले विधि मिचेर बीचमै यस्तो खेल खेल्नुभयो।’

अब बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिनुहुन्छ कि ? भन्ने प्रश्नमा लामाले भने–‘किन राजीनामा दिने ? संसदीय दलको नेतामा पराजित भएको हो। कांग्रेसको विधानमा दलको नेता नभएपनि गठबन्धनको सरकारको नेतृत्व गर्न पाइन्छ भन्ने छ। त्यसैले म राजीनामा दिन्नँ।’

यसअघि १३ पुस २०७९ मा भएको संसदीय दलको चुनावमा लामाले बानियाँलाई ५ मतान्तरले पराजित गर्दै विजयी भएका थिए।

साढे २ वर्षपछि बानियाँले दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएर लामा नेतृत्वको सरकार ढलाउने खेलमा जुटेका हुन्। अहिले लामा ८ मतान्तरले पराजित भएका हुन् ।
बुधबार हेटौंडामा भएको निर्वाचनमा कुल ३७ मत खसेकोमा बानियाँले २२ र उनका प्रतिस्पर्धी लामाले १४ मत प्राप्त गरे । एक मत भने बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..