दुर्गा प्रसाईंलाई जेलमा नातीको चिन्ता !

काठमाडौं । गत चैत १५ गते राजावादी समूहले काठमाडौंका तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका दुर्गा प्रसाईँले सचिवालयमार्फत आफ्ना कुराहरु सार्वजनिक गरेका छन् । उनले कारागारबाटै राजावादी समूहप्रति आक्रोश व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लक्षित गर्दै उनले ‘स्वर्ग चान चाहने तर मर्न डराउने’ भनेका छन् ।

‘एउटा कुराले मनमा डेरा जमाएर बसेको छ । सबै स्वर्ग जान चाहाने रहेछन्, तर मर्न कोही नचाहाने रहेछन् । स्वर्ग जान चाहाने तर मर्न डराउनेहरुका लागि पनी म हजारपटक मरिदिन तयार छु, स्वर्गानुभूत तपाईँ गरिरहनुहोला,’– उनले पत्रमा भनिएको छ ।

साथै, उनले आफूलाई घरमा नातीले निकै याद गर्ने गरेको कुरा पनि खुलाएका छन् । उनले भनेका छन्, ‘सबै नेपालीले आफ्ना सन्तानका साथमा जिवन जिउन पाउन, प्रत्येक हजुरबुवा हजुरआमाका काखमा नातीनातिना हुन भनेर अभियान सुरु गरेको मलाई मेरो नातिले बहुत याद गर्छ रे । हजुरबा कैले आउने सोध्छ रे । परिवारले बाहिर जानुभएको छ आउनुहुन्छ भन्दा मोवाईलमा फोटो हेर्छ रे एक मन सोच्छ कारागारमै बोलाएर एक छिन भएपनी नाति खेलाउँ अनि सोच्छु, के सम्हालिएला र मन भक्कानु छुट्यो नातीका अगाडि भने के भन्ला उसले ?’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..