काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई सिफारिस भएका छन् । न्याय सेवा आयोगले हाल सर्वोच्च अदालतको रजिस्ट्रार पदमा कार्यरत पौडेललाई मुख्य रजिस्ट्रारमा सिफारिस गरेको हो ।
सर्वोच्चका निवर्तमान मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल उमेर हदका कारण अवकाशमा गएपछि सो पद रिक्त थियो । पौडेल मुख्य रजिष्टारमा सिफारिस भएसँगै सह–रजिस्ट्रार मानबहादुर कार्की रजिस्ट्रारमा सिफारिस भएका छन् ।


