सिरहाको लक्ष्मीपुर पतारीमा विकासको लहर, स्थानीय सरकारको काम प्रशंसनीय : सभापति यादव

लहान । नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति तथा पूर्वसांसद रामचन्द्र यादवले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विकासले गति लिएको बताउनुभएको छ । उहाँले कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा व्यापक सुधार भएको र गाउँपालिकाको मुहार फेरिएको दाबी गर्नुभएको छ ।

जिल्ला सभापति यादवले भन्नुभयो, “लक्ष्मीपुर पतारीमा साँच्चिकै विकास भएको छ । टोल–टोलमा विकासका पूर्वाधारहरू पुगेका छन् । कृषि, स्वास्थ्य र शिक्षाको क्षेत्रमा जनताले महसुस गर्ने गरी काम भएको छ । यो सबै स्थानीय सरकारको इमान्दार प्रयास र सक्रियताको परिणाम हो ।” उहाँले चालु आर्थिक वर्षभित्र बाँकी रहेका योजनाहरू पनि सम्पन्न गरी लक्ष्मीपुर पतारीलाई नमूना गाउँपालिकाको रूपमा स्थापित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुर, उपाध्यक्ष अमरकला यादव लगायत सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरूको अथक प्रयास र इमान्दारिताका कारण यो सम्भव भएको सभापति यादवको भनाइ छ ।

“गाउँपालिका अध्यक्ष ठाकुर, उपाध्यक्ष यादव , सम्पुर्ण कर्मचारीहरु र जनप्रतिनिधिहरुको नेतृत्वदायी भूमिका र सम्पूर्ण टिमको सक्रियताले विकास निर्माणका कामहरू तीव्र गतिमा अघि बढेका छन्,” यादवले भन्नुभयो, “जनताको करबाट उठेको एक–एक पैसाको सही सदुपयोग भएको छ र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइएको छ ।”

हालैका समाचारहरूले पनि लक्ष्मीपुर पतारीमा विकास निर्माणका कामहरूले तीव्रता पाएको देखाएका छन् । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विकास निर्माणमा उल्लेख्य बजेट विनियोजन गरेको छ, जसले पूर्वाधार विकास, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवाको स्तरोन्नति र शैक्षिक गुणस्तर सुधारमा केन्द्रित रहने जनाइएको छ ।

स्थानीय बासिन्दाहरूले पनि गाउँपालिकामा भइरहेका विकास निर्माणका कार्यहरूले आफ्नो जीवनस्तरमा सकारात्मक परिवर्तन आएको बताएका छन् । सडक सञ्जालको विस्तार, कृषिमा नयाँ प्रविधिको प्रयोग, स्वास्थ्य चौकीहरूको स्तरोन्नति र विद्यालयहरूको शैक्षिक वातावरणमा भएको सुधारले स्थानीयमा उत्साह छाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..