सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विकासको लहर, विपक्षी एमाले निराधार आरोपमा उत्रियो


सिराहा । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विगत तीन वर्षदेखि चुपचाप बसेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अहिले गाउँपालिकामा भइरहेको चौतर्फी विकास देखेर अत्तालिएको छ ।

विकास, शिक्षा, स्वास्थ्य, विद्युतीकरण र कृषि क्षेत्रमा व्यापक सुधार भएपछि आगामी चुनावमा हारिने डरले एमालेले गाउँपालिकाविरुद्ध विभिन्न निराधार आरोप लगाउन थालेको छ ।

गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले प्रतिपक्षी एमालेका आरोपहरूमा कुनै सत्यता नभएको बताउनुभएको छ । उहाँले पूर्व गाउँपालिका अध्यक्ष रामबल्लभ साहको कार्यकालको विकास र आफ्नो कार्यकालको विकास तुलना गर्न आग्रह गर्दै भन्नुभयो, “पूर्व अध्यक्ष रामबल्लभ साहको पालाको विकास हेर्नुस् र हाम्रो पालाको विकास हेर्नुस् अनि भन्नुहोस् कसको पालामा राम्रो काम भएको छ ?”

पूर्व अध्यक्ष रामबल्लभ साहको पालाको विकास हेर्नुस्

पालिका अध्यक्ष चतुरानन्द ठाकुरको पालाको विकास हेर्नुस्

अध्यक्ष ठाकुरले आफ्नो नेतृत्वमा गाउँपालिकामा अभूतपूर्व विकास भएको दाबी गर्नुभयो । उहाँका अनुसार शिक्षाको गुणस्तर सुधार गर्न, स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन, गाउँपालिकाका हरेक घरमा विद्युतीकरण पुर्‍याउन र कृषि क्षेत्रको आधुनिकीकरणका लागि महत्वपूर्ण कामहरू भएका छन् ।

यसअघि, पूर्व अध्यक्ष रामबल्लभ साहको कार्यकालमा विकास निर्माणले गति लिन नसकेको भन्दै स्थानीय बासिन्दाले गुनासो गर्दै आएका थिए । तर, वर्तमान अध्यक्ष चतुरानन्द ठाकुरले पदभार ग्रहण गरेपछि गाउँपालिकामा विकासको लहर आएको स्थानीयको भनाइ छ ।

नेकपा (एमाले) ले भने गाउँपालिकामा भ्रष्टाचार बढेको र विकासका नाममा अनियमितता भइरहेको आरोप लगाएको छ । यद्यपि, एमालेले आफ्ना आरोपलाई पुष्टि गर्ने कुनै ठोस प्रमाण भने पेस गर्न सकेको छैन । आगामी चुनाव नजिकिँदै जाँदा लक्ष्मीपुर पतारी गाउँपालिकामा विकास र आरोप–प्रत्यारोपको राजनीतिले थप तीव्रता पाउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..