लागूऔषध कोकिनसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो ३ किलो ४ सय ग्राम कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्र ठेगाना भएका अब्दुस समाद जमल मन्सुरी रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरणमा खटिएको प्रहरी टोलीले हवाई मार्ग हुदै नेपाल प्रवेश गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।

अराईभल पार्किङ एरियाबाट निजले साथमा ल्याएको झोलाभित्र लुकाई राखेको अबस्थामा लागुऔषध कोकिन ३ किलो ४ सय ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..