प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । आज र भोलि उतै व्यस्त हुने बताईएको छ । उनी भोलि इलामसमेत जाने कार्यक्रम तय भएको छ । झापाको चन्द्रगढी ओर्लिएका प्रधानमन्त्री ओलीलाई एमाले नेताहरुले एयरपोर्टमा भव्य स्वागत गरेका थिए ।

एमाले कोशी प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत नेताहरु एयरपोर्टमा स्वागतको लागि पुगेका थिए । प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित झापा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..