विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा जलविद्युत्को उत्पादन वृद्धि गरी आर्थिक समृद्धि प्राप्त गर्न सकिने बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) द्वारा आज आयोजित कार्यक्रममा उनले विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुने बताउँदै उत्पादनको वृद्धि सँगै खपपत गर्ने क्षमतालाई प्राथमिकतामा राख्नुपर्ने बताए । जलविद्युत्को विकासमा निजी क्षेत्रको लगानी सुरक्षित गर्न अनुकूल नीतिहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाले त्यस क्षेत्रमा गर्ने लगानीलाई डुब्न नदिन लचिलो नीतिको आवश्यकता रहेको विचार व्यक्त गरे ।

करको दायरा तथा दर दुवै वृद्धि गर्नुपर्ने बताउँदै उनले सरकारस्थिर कर नीतिको पक्षमा रहेको प्रष्ट पारे । सरकारले अवलम्बन गर्ने करका नीतिले देशको समग्र विकासमा प्रभाव पार्ने उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले मूलतः एउटा कर नीति र करका दरहरूमा सापेक्षित स्थिरताका लागि सबैको सहयोगको अपेक्षा गरे ।

राज्यका नियमनकारी निकायको भूमिका सशक्त बनाउँदा व्यवसायीको गुनासो आउने गरेको बताउँदै उहाँले अनियमित गर्ने व्यवसायीलाई कानुनी कारबाही गर्न सरकार दृढ रहेको बताए । करको दायरा भने बढाउने योजनासहित आगामी आर्थिक वर्षको बजेट ल्याएको उनको भनाइ थियो । सो अवसरमा आर्थिक क्षेत्रको विकासका लागि समाचार लेखेका विभिन्न सञ्चार गृहका सञ्चारकर्मीलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..