सिरहा प्रहरीको ठुलो सफलता : गोर्खाज फाइनान्समा डकैती भएको दुई वर्षपछि मुख्य प्रतिवादी महतो पक्राउ

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर -११ छपराडीस्थित गोर्खाज फाइनान्सको कार्यालयमा दुई वर्षअघि भएको डकैती घटनाका मुख्य प्रतिवादी पक्राउ परेका छन् । डकैतीका मुख्य प्रतिवादी लहान नगरपालिका वडा नम्बर -२० का ४५ वर्षीय श्रीदेव महतो पक्राउ परेका हुन् ।

गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको सन्युक्त विशेष प्रहरी टोलिले श्रीदेव महतोलाई बरियारपट्टी गाउँपालिका वडा नम्बर -३ चमार टोलबाट शनिबार साँझ लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता तथा प्रहरी नायब उपरीक्षक ( डीएसपी ) विरेन्द्र पासवानले जानकारी दिनु भयो । उनलाई सिरहा जिल्ला अदालतमा पेश गरिएको सिरहाका प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले बताए ।

महतोलगायतको एक समूह २०७९ चैत १४ गते राति करिब सबा १२ बजेको समयमा नाकाब धारण गरेर गोर्खाज फाइनान्सको कार्यालयमा पसेका थिए । उनीहरूले कार्यालय भवनको तल्लो तल्लामा बस्ने कर्मचारीहरूलाई पेस्तोल तथा धारिलो हतियार देखाएर कुटपिट गर्दै नशाको सुईसमेत लगाई लुटपाट गरेका थिए ।

उनीहरूले सो क्रममा २ लाख ५७ हजार २ सय ७९ रुपैयाँ नगद र तीन थान मोबाइल लुटपाट गरी लगेका थिए । यस्तै, उनीहरूले कार्यालयको जिन्सी सामानहरूसमेत तोडफोड गरी १० लाख २८ हजार ७ सय १४ रुपैयाँको क्षति पुर्‍याएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

यो घटनामा प्रहरीले चोरी, डाँका, शरीर बन्धक तथा संगठित अपराध शीर्षकमा ११ जनाविरुद्ध मुद्दा चलाएको थियो । जसमा यसअघि नै तीन जना पक्राउ परिसकेका छन् । यसमध्ये दुई जना पुर्पक्षका लागि कारागारमा छन् भने एक जना धरौटीमा रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..