कैलालीमा ठूलो परिमाणमा अफिम बरामद,जुम्ला र जाजरकोटका युवक पक्राउ

कैलाली । प्रहरीले कैलालीमा ठूलो परिमाणमा अफिम बरामद गरेको छ ।जिल्लाको लम्कीचुहा नगरपालिका ३ स्थित चिसापानीको प्याराडाइज होटलबाट लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त टोलीले आइतबार १ किलो ७०६ ग्राम अफिम बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले अफिमसहित जुम्लाको गुठीचौर गाउँपालिका–४ का ३८ वर्षीय मेघराज खत्री र अर्का जाजरकोटको बारेकोट गाउँपालिका–३ का ३२ वर्षीय भक्त बहादुर शाहीलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..