कैलालीमा ठूलो परिमाणमा अफिम बरामद,जुम्ला र जाजरकोटका युवक पक्राउ

कैलाली । प्रहरीले कैलालीमा ठूलो परिमाणमा अफिम बरामद गरेको छ ।जिल्लाको लम्कीचुहा नगरपालिका ३ स्थित चिसापानीको प्याराडाइज होटलबाट लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त टोलीले आइतबार १ किलो ७०६ ग्राम अफिम बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले अफिमसहित जुम्लाको गुठीचौर गाउँपालिका–४ का ३८ वर्षीय मेघराज खत्री र अर्का जाजरकोटको बारेकोट गाउँपालिका–३ का ३२ वर्षीय भक्त बहादुर शाहीलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..