सिरहामा सुरक्षाको भरोसा ; डीएसपी विरेन्द्र पासवानको कार्यशैलीको सर्वत्र प्रशंसा

लहान । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) विरेन्द्र पासवानको जनस्तरमा खुलेर प्रशंसित भइरहेका छन्। इमानदारी, कानुनी निष्ठा र जनमैत्री व्यवहारका कारण उनी स्थानीय जनप्रतिनिधि र नागरिकहरूको नजरमा आदर्श प्रहरी अधिकृतको रूपमा उभिएका छन्।

सिरहा नगरपालिका–६ का निर्वाचित वडा अध्यक्षले सामाजिक सञ्जाल फेसबुकमार्फत् डीएसपी पासवानप्रति प्रशंसा व्यक्त गर्दै लेखेका छन्, “इतिहासमा यति इमानदार, मिलनसार र नेताको चाकरी नगर्ने प्रहरी अधिकृत बिरलै देखिएको छ। जनता अहिले साँच्चिकै शान्ति सुरक्षाको अनुभूति गरिरहेका छन्।”

उनको नेतृत्वमा सिरहामा अपराध नियन्त्रण, कानुनी पालना तथा नागरिकमैत्री सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको देखिन्छ। कानुनी मापदण्ड अनुसार निष्पक्ष रूपमा काम गर्ने उनको शैलीले विशेषगरी युवाहरूलाई प्रेरित बनाएको छ।

वडा अध्यक्षको भनाइमा, “सिरहाली युवाहरू तपाईंको सहयोगका लागि सधैं तत्पर छन्। तपाईंको कार्यगति यस्तै रहोस् भन्ने शुभकामना छ।”

डीएसपी पासवान यसअघि पनि विभिन्न जिल्लामा कार्यरत रहँदा इमानदार, निडर र कुशल प्रहरी अधिकृतका रूपमा चिनिँदै आएका थिए। उनले राजनीतिप्रति निर्लिप्त भई केवल कानुनी मापदण्ड, नागरिक सुरक्षाको भावना र सेवामूलक दृष्टिकोणमा आधारित प्रहरी कार्य सञ्चालन गर्दै आएका छन्।

स्थानीयहरू भन्छन्, “पासवान सर आएपछि प्रहरी प्रशासनको छवि सुध्रिएको छ। अब प्रहरीले जनताको घर ढोका ढक्ढक्याउन डराउनु पर्ने दिन गए। उनीजस्तो अधिकारीहरू देशभर चाहिन्छ।”

डीएसपी पासवानको यस्तो समर्पित कार्यशैलीले न केवल प्रहरी संस्थाको विश्वास बढाएको छ, तर युवाहरूलाई पनि कानून, सेवा र नेतृत्वको नयाँ बाटो देखाइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..