लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लहान । सिरहाका प्रहरी प्रमुख एसपी अनन्त राम शर्मा , डीएसपी विरेन्द्र पासवान र ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक हिरेन्द्र रोकायाले लागू औषध विरुद्ध कठोर कदम उठाएको छ । सिरहा प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हालेसँगै शर्मा , जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी पासवान र ईलाका प्रहरी कार्यालय लहानका प्रमुख हिरेन्द्र रोकायाले लागुऔषध विरुद्ध कठोर कदम चालेको हो ।

लागुऔषध ओसार र प्रयोगकर्ताहरुलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सिरहाले तीन महिने अभियान नै संचालन गरेका छन् । अभियानसँगै छोटो समयमा प्रहरीले ठूलो सफलता हात परेको छ । प्रहरीले लागुऔषधका कुनैपनि घटना पक्राउ परेकाहरुलाई सार्वजनिक गर्ने कानुन बमोजिम कारबाही अघि बढाउने गरेका छन् ।

अभियान अन्तर्गत प्रहरीले पछिलो पटक ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानको सन्युक्त टोलीले बिगतमा पनि लागुऔषधको कारोबार गरेका तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाकै धनगढीमाई नगरपालिका – ९ का २२ वर्षका पवनकुमार साह, २३ वर्षका अंकेश कुमार महतो र २० वर्षका लालबाबु राय रहेका छन् । उनीहरु तीनैजनाको साथबाट ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहा सूचना अधिकारी विरेन्द्र कुनार पासवानले जानकारी दिए ।

पवनको साथबाट तराजु, अंकेशको साथबाट १५ ग्राम र लालबाबुको साथबाट ३१ ग्राम ब्राउन सुगर बरामद गरेको छ । उनीहरु तीनैजना यसअघि २०८१ साउन १३ गते पनि लागुऔषध खैरोहिरोइनसहित पक्राउ परेर अदालतबाट मंसिर २० गते ४ महिना कैदको फैसला भएको थियो ।

उक्त फैसलापछि पनि उनीहरु भने लागुऔषधकै कारोबारमा रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..