लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लहान । सिरहाका प्रहरी प्रमुख एसपी अनन्त राम शर्मा , डीएसपी विरेन्द्र पासवान र ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक हिरेन्द्र रोकायाले लागू औषध विरुद्ध कठोर कदम उठाएको छ । सिरहा प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हालेसँगै शर्मा , जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी पासवान र ईलाका प्रहरी कार्यालय लहानका प्रमुख हिरेन्द्र रोकायाले लागुऔषध विरुद्ध कठोर कदम चालेको हो ।

लागुऔषध ओसार र प्रयोगकर्ताहरुलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सिरहाले तीन महिने अभियान नै संचालन गरेका छन् । अभियानसँगै छोटो समयमा प्रहरीले ठूलो सफलता हात परेको छ । प्रहरीले लागुऔषधका कुनैपनि घटना पक्राउ परेकाहरुलाई सार्वजनिक गर्ने कानुन बमोजिम कारबाही अघि बढाउने गरेका छन् ।

अभियान अन्तर्गत प्रहरीले पछिलो पटक ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानको सन्युक्त टोलीले बिगतमा पनि लागुऔषधको कारोबार गरेका तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाकै धनगढीमाई नगरपालिका – ९ का २२ वर्षका पवनकुमार साह, २३ वर्षका अंकेश कुमार महतो र २० वर्षका लालबाबु राय रहेका छन् । उनीहरु तीनैजनाको साथबाट ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहा सूचना अधिकारी विरेन्द्र कुनार पासवानले जानकारी दिए ।

पवनको साथबाट तराजु, अंकेशको साथबाट १५ ग्राम र लालबाबुको साथबाट ३१ ग्राम ब्राउन सुगर बरामद गरेको छ । उनीहरु तीनैजना यसअघि २०८१ साउन १३ गते पनि लागुऔषध खैरोहिरोइनसहित पक्राउ परेर अदालतबाट मंसिर २० गते ४ महिना कैदको फैसला भएको थियो ।

उक्त फैसलापछि पनि उनीहरु भने लागुऔषधकै कारोबारमा रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..