बिमस्टेकमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्याण्ड जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन्।

यही चैत १९ देखि २३ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमेस्टेक) को छैटौँ शिखर सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीे नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउने भएको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

मन्त्री गुरुङका अनुसार प्रधानमन्त्री ओली आगामी चैत १९ गते त्यसतर्फ प्रस्थान गर्नेछन्। प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणालगायत रहने मन्त्री गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..