निर्माण सामग्रीमा भइरहेको मूल्यवृद्धिबारे मेरो गम्भीर ध्यानाकर्षण भएको छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विकास निर्माणका योजनाहरु तोकिएको समयमा, निर्धारित लागतमा गुणस्तरीय रुपमा सम्पन्न नहुनु आजको मुख्य समस्या रहेको बताएका छन् ।

पार्टीनिकट निमार्ण व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुणस्तरीय विकास निर्माणका लागि सरकारले पनि ध्यान दिनुपर्ने बताए । निर्माण व्यवसायीहरुको हक हितका लागि पार्टीको तर्फबाट सरकारलाई खबरदारी गर्ने पनि सभापति देउवाले विश्वास व्यक्त गरे ।

त्यस्तै, निर्माण सामाग्रीमा भइरहेको मूल्यवृद्धिको बारेमा आफ्नो गम्भीर ध्यानाकार्ष भएको पनि उनले बताए । मूल्यवृद्धिको समस्या समाधान गर्नका लागि आफू पार्टीको तर्फबाट निरन्तर लागिरहने सभापति देउवाले बताए ।

‘निर्माण सामाग्रीमा भइरहेको मूल्यवृद्धि, व्यवसायका लागि उपयुक्त वातावरणको अभावलगायतका विषयमा पनि मेरो गम्भीर ध्यानाकार्षण भएको छ । यस समस्याको समाधानका लागि आफ्नो तर्फबाट हुने र पार्टीको तर्फबाट हुने कुरामा म लागिरहने छु,’– उनले भने ।

उनले आफू निर्माण व्यवसायीहरुलाई प्रोत्साहन गर्ने काममा सदैव लागिरहने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..