सिरहा घटनाको कांग्रेसद्वारा कडा शब्दमा भर्त्सना, छुवाछूतविरुद्ध अभियान संचालन गर्न आह्वान

काठमाडौं । नेपाली कांग्रेसले सिरहा घटना सम्बन्धमा चिन्ता व्यक्त गर्दै निन्दनीय र कानूनी रुपमा दण्डनीय अपराध भएको जनाएको छ ।

आइतबार वीपीनगर, ललितपुरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घटनालाई दण्डनीय अपराधको संज्ञा दिएको हो ।

कांग्रेसले भनेको छ, ‘सिरहा जिल्ला औरही गाउँपालिका वडा नं. ५ मा विष्णु महायज्ञ आयोजना गर्ने सन्दर्भमा दलित समुदायका दीपक मरिकको घर भत्काउने कार्य सामाजिक रुपमा निन्दनीय र कानूनी रुपमा दण्डनीय अपराध हो ।’

‘उक्त घटनाप्रति नेपाली कांग्रेस पार्टी घोर भर्त्सना गर्दै दोषीमाथि कार्वाहीको लागि सरकारसँग माग गर्दछ ।’

‘आजको नेपाली समाजमा जातका आधारमा छुवाछूतजन्य भेदभाव गर्नु अत्यन्तै दुःखद् घटना हो’, कांग्रेसले भनेको छ, ‘नेपाली कांग्रेस पार्टी आगामी दिनमा यस प्रकारका भेदभावजन्य कार्यलाई निरुत्साहित गर्न सकारसँग आग्रह गर्दछ ।’

कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘देशैभरि जातीय भेदभाव र छुवाछूतजन्य कार्यका विरुद्ध सामाजिक अभियान संचालनमा लाग्न पार्टी पंक्तिलाई आह्वान गर्दछ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..