नेपाल पत्रकार महासङ्घ सिरहा शाखाको अध्यक्षमा पुन : मनोजकुमार बनैता

सिरहा । नेपाल पत्रकार महासङ्घ सिरहा शाखाको अध्यक्षमा मनोजकुमार बनैता यादव पुनः निर्वाचित हुनुभएको छ । शुक्रबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी रामबाबु यादवलाई तीन मतान्तरले पछि पार्दै बनैता निर्वाचित हुनुभएको हो ।

शाखाको अध्यक्षमा दोस्रो कार्यकालका लागि स्वतन्त्र समूहबाट यादव निर्वाचित हुनुभएको हो । उहाँले ३३ मत प्राप्त गर्नुभएको छभने नेपाल प्रेस युनियन र प्रेस चौतारी गठबन्धनका उम्मेदवार रामबाबु यादवले ३० मत र प्रेस सेन्टरका हिरालाल चौधरीले १२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, समितिको उपाध्यक्षमा रोयाण्टर मण्डल निर्वाचित हुनुभएको छभने महिला उपाध्यक्षमा उषाकुमारी यादव र यमुना खनालबीच बराबरी मत प्राप्त भएपछि आधाआधा कार्यकाल जिम्मेवारी लिने सहमति भएको छ । यस्तै, सचिवमा मुकेश यादव, सहसचिवमा ऐलिना हिङ्माङ्ग चौधरी र समावेशी सहसचिवमा धर्मेन्द्र पासवान, कोषाध्यक्षमा शुभनारायण कामतीसहित १५ सदस्य निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..