सप्तरीबाट नेपाल प्रहरीले बरामद गर्‍यो सत्र क्विन्टल गाँजा

राजविराज । प्रहरीले सप्तरीको पथलगढा झिटकीबाट एक हजार ७ सय किलो गाँजा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट असइ बिलेक्षण यादवको नेतृत्वमा प्रहरी साहेक हवल्दार पनालाल महतो र प्रहरी जवान गम्भीर पासवानको टोलीले उक्त परिणाममा गाँजा बरामद गरेको हो ।

महेन्द्र हाइबेबाट पथलगढा झिटकी सडक हुँदै भारत तर्फ जादै गरेको टिपरमा लोड गरिएको एक हजार ७ सय किलो गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार सोमबार राती १० बजे ढुंगा लोड भएको को१ख ६५०३ टिपरमा गाँजा फेला परेको हो । बरामद भएको गाँजा ५६ बोरा छ ।

गाँजासहित प्रहरीले सखुवासभा बस्ने अमजित रायलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बरामद भएको गाँजा भारत पठाउनका लागि ल्याइएको हो । धनकुटाको छिन्ताङ आसपास व्यवसायिक गाँजाको खेती हुन्छ ।

धनकुटाबाट ल्याएर सप्तरीको सीमावर्ती क्षेत्रमा स्टोर गरेर राख्ने र रातको समयमा भारततर्फ निकासी हुने गरेको प्रहरीले बताएको छ ।

गाँजा भारत पुर्‍याएपछि प्रतिकेजी २० हजार रुपैयाँभन्दा माथि पर्छ । गाँजा ओसारपसार गर्ने भरियाले प्रति किलो दुई हजार रुपैयाँ पाउने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..