टुँडिखेलको घटना खतराको संकेत हो, मैले स्थिति भयावह देखिरहेको छुः अमरेश सिंह

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.अमरेशकुमार सिंहले गौरा पर्व मनाउने क्रममा टुँडिखेलमा घटेको घटनाबाट नेताहरु सच्चिनुपर्ने बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले जनताहरुले नेताहरुको विरुद्धमा घण्टी बजाउन सुरु गरेको बताएका हुन् । उनले सरकारलाई सच्चिएर जनताको आक्रोश सम्बोधन गर्न सुझाव दिए ।

साथै, सांसद सिंहले दुई तिहाइको दम्भमा नरहन सरकारलाई सुझाव दिए । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि दुई तिहाइमै सरकारमा रहेको बेला देश छाड्नुपरेको स्मरण गराउँदै उनले दलीय अंकगणित नदेखाउन आग्रह गरे ।

‘हिजो टुँडिखेलमा घटना भएको छ, पाटनको कृष्ण मन्दिरमा घटना भएको छ । सदनको म ध्यानाकार्षण गर्न चाहन्छु । त्यो हाम्रो लागि , जसरी हामी घण्टी बजाएर संसद्को प्रक्रियामा भाग लिन्छौं, त्यस्तै हो । सरकारसँग म प्रश्न गर्न चाहन्छु– तपाईँहरु पहिलेको अनुसार चल्ने कि सुध्रिने ? भएन भने मैले भयावह स्थिति देखिरहेको छु । आज सत्तामा हुनुहुन्छ, दलीय अंक गणित त शेख हसिनासँग पनि थियो,’– उनले भने ।

टुँडिखेलमा गौरा पर्व मनाउन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायतका शीर्ष नेताहरु पनि पुगेका थिए । सो क्रमा केही युवाहरुले नेताहरुको विरुद्ध आपत्तिजनक नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..