टुँडिखेलको घटना खतराको संकेत हो, मैले स्थिति भयावह देखिरहेको छुः अमरेश सिंह

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.अमरेशकुमार सिंहले गौरा पर्व मनाउने क्रममा टुँडिखेलमा घटेको घटनाबाट नेताहरु सच्चिनुपर्ने बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले जनताहरुले नेताहरुको विरुद्धमा घण्टी बजाउन सुरु गरेको बताएका हुन् । उनले सरकारलाई सच्चिएर जनताको आक्रोश सम्बोधन गर्न सुझाव दिए ।

साथै, सांसद सिंहले दुई तिहाइको दम्भमा नरहन सरकारलाई सुझाव दिए । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि दुई तिहाइमै सरकारमा रहेको बेला देश छाड्नुपरेको स्मरण गराउँदै उनले दलीय अंकगणित नदेखाउन आग्रह गरे ।

‘हिजो टुँडिखेलमा घटना भएको छ, पाटनको कृष्ण मन्दिरमा घटना भएको छ । सदनको म ध्यानाकार्षण गर्न चाहन्छु । त्यो हाम्रो लागि , जसरी हामी घण्टी बजाएर संसद्को प्रक्रियामा भाग लिन्छौं, त्यस्तै हो । सरकारसँग म प्रश्न गर्न चाहन्छु– तपाईँहरु पहिलेको अनुसार चल्ने कि सुध्रिने ? भएन भने मैले भयावह स्थिति देखिरहेको छु । आज सत्तामा हुनुहुन्छ, दलीय अंक गणित त शेख हसिनासँग पनि थियो,’– उनले भने ।

टुँडिखेलमा गौरा पर्व मनाउन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायतका शीर्ष नेताहरु पनि पुगेका थिए । सो क्रमा केही युवाहरुले नेताहरुको विरुद्ध आपत्तिजनक नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..