कांग्रेस सांसदको प्रश्न : नक्कली शरणार्थी प्रकरण देख्ने, सहकारी नदेख्ने ?

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुशीला थिङले संसदमा अरुमाथि प्रश्न उठाउँदा आफूमाथि उठेको प्रश्नबारे पनि ख्याल गर्न आग्रह गरेकी छन् ।

प्रतिनिधि सभामा विपक्षी दलहरूले सरकारले भ्रष्टाचारसँग सम्बन्धित मुद्दाहरु अगाडि नबढाएको भनेर प्रश्न गरिरहेका बेला कांग्रेस संसदीय दलकी प्रमुख सचेतक थिङले यस्तो बताएकी हुन् ।

‘भुटानी शरणार्थी काण्ड देख्ने, अरु काण्ड के के देख्ने, नागरिकता, पासपोर्ट र सहकारी थलै पर्न लागेको काण्ड देख्दै नदेख्ने यो के भएको हो’, उनले प्रश्न गरिन् ।

अदालतमा विचाराधीन विषय सदनमा उठाउन नपाइने भन्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदमा छलफल हुन नहुने धारणा राखिन् ।

‘यदि यो विषय सदनमा कसैले उठाउँछ भने सभामुखद्वारा रुलिङ होस् यो विषयमा बोल्न पाइँदैन् भनेर । यदि रुलिङ भएन भने म आफैं नियमापत्ति गर्नेछु’, सचेतक थिङले भनिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..