४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

पर्सा । पर्सा प्रहरीले ४८९ किलो लागुऔषधसहित पक्राउ परेका एक युवकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी बरामद भएको लागुऔषध चरेस, गाँजा र गाँजाको धुलोसहित पक्राउ परेका पर्सा कालिकामाई गाउँपालिका–१ मुडली बस्ने ४० वर्षीय फुलसरिफ मियाँलाई सार्वजनिक गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पर्साको पटेर्वासुगौली गाउँपालिका –४ अकवा गाउँको बाँसघारीबाट बिहिवार राती करीब ८ बजे मियाँलाई ३० किलो लागुऔषध गाजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

मियाँलाई गाँजासहित नियन्त्रणमा लिएर प्रहरी टोलीले सोधपुछ गर्दा सोही बाँसघारीमा जमिन मुनी गाडिएको अवस्थामा एक सय ९२ किलो चरेश र २ सय ६७ किलो गाजाको धुलो (पोल्याण्ड) बरामद गरेको प्रहरी उपरिक्षक ढुंगेलले जानकारी दिए ।

बरामद भएको लागुऔषधसहित मियाँलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । केही वर्ष अगाडी लागुऔषध गाँजा खेतीको लागि प्रसिद्ध पर्सामा उत्पादन हुन छाडेको गाँजा छिमेकी जिल्ला मकवानपुरबाट पर्सामा भित्रिएको प्रहरी उपरिक्षक ढुंगेलले बताए । खुल्ला सिमानाका कारण लागुऔषध ओसारपोसार गर्ने कार्यलाई नियन्त्रणमा लिनु नेपाल प्रहरीको लागि प्रमुख चुनौती बनेको प्रहरी उपरिक्षक ढुंगेलको भनाई छ ।

लागुऔषध नियन्त्रण नेपाल प्रहरीलाई मात्र नभई भारतिय प्रहरीको लागि पनि प्रमुख चुनौती बनेको छ । केही लागुऔषध भारतबाट नेपाल र केही लागुऔषध नेपालबाट भारत तस्करी हुदै आएको छ । यस बाहेक साउन महिना भरीमा मात्र पर्सा प्रहरीले लागुऔषध चरेश, नाईट्रोभेट, डाईजेपाम, फेनारगन, नुरफिन, गाँजा, ट्रामाडोल, नाईट्राजेपामसहित ४ महिला र २६ पुरुष गरी ३० जनालाई नियन्त्रणमा लिएर लागुऔषध ऐन अन्र्तगत मुद्दा चलाएको छ ।लागुऔषधको सहज आपुर्तिले नेपाली युवायुवती दुव्र्यसनीमा फस्दै गएकोले यसलाई नियन्त्रण गर्न सुरक्षा निकायसहित सबैको प्रयास हुनु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..