४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

पर्सा । पर्सा प्रहरीले ४८९ किलो लागुऔषधसहित पक्राउ परेका एक युवकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी बरामद भएको लागुऔषध चरेस, गाँजा र गाँजाको धुलोसहित पक्राउ परेका पर्सा कालिकामाई गाउँपालिका–१ मुडली बस्ने ४० वर्षीय फुलसरिफ मियाँलाई सार्वजनिक गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पर्साको पटेर्वासुगौली गाउँपालिका –४ अकवा गाउँको बाँसघारीबाट बिहिवार राती करीब ८ बजे मियाँलाई ३० किलो लागुऔषध गाजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

मियाँलाई गाँजासहित नियन्त्रणमा लिएर प्रहरी टोलीले सोधपुछ गर्दा सोही बाँसघारीमा जमिन मुनी गाडिएको अवस्थामा एक सय ९२ किलो चरेश र २ सय ६७ किलो गाजाको धुलो (पोल्याण्ड) बरामद गरेको प्रहरी उपरिक्षक ढुंगेलले जानकारी दिए ।

बरामद भएको लागुऔषधसहित मियाँलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । केही वर्ष अगाडी लागुऔषध गाँजा खेतीको लागि प्रसिद्ध पर्सामा उत्पादन हुन छाडेको गाँजा छिमेकी जिल्ला मकवानपुरबाट पर्सामा भित्रिएको प्रहरी उपरिक्षक ढुंगेलले बताए । खुल्ला सिमानाका कारण लागुऔषध ओसारपोसार गर्ने कार्यलाई नियन्त्रणमा लिनु नेपाल प्रहरीको लागि प्रमुख चुनौती बनेको प्रहरी उपरिक्षक ढुंगेलको भनाई छ ।

लागुऔषध नियन्त्रण नेपाल प्रहरीलाई मात्र नभई भारतिय प्रहरीको लागि पनि प्रमुख चुनौती बनेको छ । केही लागुऔषध भारतबाट नेपाल र केही लागुऔषध नेपालबाट भारत तस्करी हुदै आएको छ । यस बाहेक साउन महिना भरीमा मात्र पर्सा प्रहरीले लागुऔषध चरेश, नाईट्रोभेट, डाईजेपाम, फेनारगन, नुरफिन, गाँजा, ट्रामाडोल, नाईट्राजेपामसहित ४ महिला र २६ पुरुष गरी ३० जनालाई नियन्त्रणमा लिएर लागुऔषध ऐन अन्र्तगत मुद्दा चलाएको छ ।लागुऔषधको सहज आपुर्तिले नेपाली युवायुवती दुव्र्यसनीमा फस्दै गएकोले यसलाई नियन्त्रण गर्न सुरक्षा निकायसहित सबैको प्रयास हुनु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..