राजधानीमा रुसी मिसाइल आक्रमणलाई विफल बनाएको युक्रेनको भनाइ

एजेन्सी । युक्रेनी सेनाले राजधानी किएभमा भएको रुसी मिसाइल आक्रमणलाई विफल बनाएको बताएको छ । किएभमा आइतबार बिहानैलदेखि हवाई आक्रमणको साइरन बजेको थियो ।

“प्रत्येक आक्रममणको बीचमा छ दिनको स्पष्ट अन्तरालमा अगस्टमा राजधानीमा यो तेस्रो ब्यालिस्टिक मिसाइल आक्रमण हो”, किएभ सहर सैन्य प्रशासनले बिहानैको बमबारीपछि टेलिग्राममा पोस्ट गरेको छ ।

मिसाइल आक्रमणका साथ ड्रोनहरू किएभतर्फ गएको देखिएको थियो । “दुश्मका सबै ड्रोन सहरभन्दा धेरै टाढा नष्ट गरिएको छ”, पोस्टमा भनिएको छ ।

आक्रमणबाट कुनै क्षति वा हताहतको सूचना प्राप्त नभएको उल्लेख गर्दै प्रशासनले भनेको छ, “सम्भवतः केएन–२३ प्रकारको उत्तर कोरियाली ब्यालेस्टिक मिसाइलहरूको प्रयोग गरिएको थियो ।”

संयुक्त राज्य अमेरिका र सोलले उत्तर कोरियामाथि युक्रेन युद्धका लागि रुसलाई गोला–बारुद र मिसाइलहरू उपलब्ध गराएको आरोप लगाएका छन् ।

किएभले बारम्बार पश्चिमका आफ्ना सहयोगीहरूसँग थप वायु–रक्षा प्रणाली उपलब्ध गराउन आह्वान गरेको छ ।

गता साता किएभ नजिकै रातभर भएको रुसी मिसाइल आक्रमणमा ३५ वर्षीय एक व्यक्ति र उनका चार वर्षीय छोराको मृत्यु भएको थियो । आक्रमणमा अन्य तीन जना गम्भीर घाइते भएका थिए ।

रुसी भूभागमा युक्रेनको हालैको अग्रतालाई मस्कोले ‘कडा प्रतिक्रिया’ दिने वाचा गरेपछि चिन्ता अझ बढेको छ ।

युक्रेनमाथि रुसी आक्रमणको साढे दुई वर्षपछि किएभका सैनिकहरूले गत साता कुर्स्क क्षेत्रमा ठूलो जवाफी आक्रमण गर्दा एक लाख २० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा कुनै पनि विदेशी सेनाको सबैभन्दा ठूलो आक्रमणमा रुसको एक हजार एक सय वर्गकिलोमटरभन्दा बढी क्षेत्र कब्जा गरेको युक्रेनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..