भुटानी शरणार्थी प्रकरण: बेचनको थुनछेक बहस आज पनि सकिएन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाविरुद्धको थुनछेक बहस आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

जिल्ला न्यायाधीश तीर्थराज केसीको इजलासमा बुधबार बयान सकिएर र शुक्रबार थुनछेक बहस सुरु भएको हो।

तर बहस नसकिएकाले आइतबारलाई हेर्दाहेर्दैमा राखिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको मुख्य नाइके मानिएका बेचन असार १५ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनीविरुद्ध विभिन्न चारवटा मुद्दाहरु अघि बढाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..