न्यायाधीश रामेश्वर रेग्मीको निधन

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ। बुधबार राति उपचारका क्रममा न्यायाधीश रेग्मीको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो।

ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ। उनी न्याय प्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका थिए।

पर्वत स्थायी घर भएका न्यायाधीश रेग्मी ६१ वर्षका थिए। न्यायाधीश रेग्मीका श्रीमती र छोरी छन्।

उनको निधनको शोकमा उच्च अदालत पाटनले सबै कामकारबाही बिहीबार बन्द गरेको छ। उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..