पोर्चुगलमा राहदानी घुम्ती सेवा, करिव चार हजार नेपाली लाभान्वित

काठमाडौं । पोर्चुगलमा नेपाल सरकारले घुम्ती राहदानी शिविर सञ्चालन गरेको छ ।

नेपाल सरकार, परराष्ट्र मन्त्रालय, राहदानी विभाग र नेपाली राजदूतावास, पेरिसद्वारा पोर्चुगलको राजधानी लिस्वनमा २ अगस्ट देखि १३ अगस्ट २०२४ सम्म राहदानी नवीकरण घुम्ती सेवा सञ्चालन गरेको हो ।

पोर्चुगलमा हाल ५० हजारभन्दा बढी नेपालीहरू बसोबास गरिरहेका छन् । घुम्ती सेवाबाट ३ हजार ८२९ जना नेपालीले राहदानी नवीकरण सेवा लिएका छन् । जसमा १२१ जना नाबालक, ३ हजार ३८० नवीकरण र हराएका ३२८ छन् ।

राहदानी सेवा सञ्चालनबाट ४ लाख ९१ हजार ५८० यूरो (नेपाली ७ करोड २० लाख ११ हजार ५५४ रुपैयाँ) राजश्व सङ्कलन भएको छ ।

घुम्ती सेवाको व्यवस्थापन गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति पोर्चुगलले गरेको थियो भने पोर्चुगलस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावास, पोर्चुगलमा रहेका विभिन्न सामाजिक सङ्घसंस्थाहरूले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..