ढकालकाे माइक काटेपछि लिङदेन: सांसदको विशेष अधिकारलाई नियन्त्रण गर्ने कुरा मान्य हुँदैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सांसदको विशेष अधिकारलाई सभामुखले नियन्त्रण गर्ने कुरा मान्य नहुने बताएका छन्।

मंगलबार प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बोल्दै गर्दा सभामुखले विषय भन्दा बाहिर गएको भन्दै सभामुखले माइक काटेपछि उनले सो कुरा भनेका हुन्।

उनले भने, ‘प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्न सांसदलाई यो मात्र बोल्न पाउँछौँ। पहिले नै यो विषयमा लेखेर बोल्न पाउँछौँ भन्ने कुरा मान्य हुँदैन। जनताको प्रतिनिधिले आफ्नो कुरा राख्छन्। संविधान विपरीत संसदको नियमावली विपरीत भए सभामुखले रोक्ने आफ्नो ठाउँमा छ। तर सभामुखले यो कुरा बोल्न हुन्छ यो कुरा बोल्न हुँदैन भन्ने कुरा मान्य हुँदैन।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..