परराष्ट्रमन्त्री डा.राणासँग श्रीलङकाका राजदूत पाथिरानाद्वारा भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि श्रीलंकाका राजदूत एचई एयर चिफ मार्शल सुदर्शन पाथिराना (सेवानिवृत्त)सँग शिष्टाचार भेटघाट भएको छ ।

सिंहदरबारमा बिहीबार भएको भेटमा नेपाल–श्रीलंका सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।

नेपाल र श्रीङ्काबीच पुरानो सम्बन्ध रहेको छ । दुई देशको पुरानो र सुमधुर सम्बन्धलाई झन् गहिरो बनाउने विषयमा पनि कुराकानी भएको छ ।

परराष्ट्रमन्त्री डा.राणाले कुटनैतिक भेटवार्ताहरू नियमित गर्दै आएकी छिन् । नेपालको कुटनैतिक सम्बन्धलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउन मन्त्री डा.राणाले विभिन्न प्रयासहरू गर्दै आएकी छिन् । उनले सबै प्रकारणका कुटनीतिज्ञहरूसँग परामर्श र भेटवार्ताहरू गर्दै आएकी छिन् ।

श्रीलङ्काले पर्यटनको क्षेत्रमा राम्रो प्रगति गरेको छ । श्रीलङ्काले पर्यटनमा गरेको उन्नति र प्रगतिको परराष्ट्रमन्त्री डा.राणाले प्रशंसा पनि गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..