परराष्ट्रमन्त्री डा.राणासँग श्रीलङकाका राजदूत पाथिरानाद्वारा भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि श्रीलंकाका राजदूत एचई एयर चिफ मार्शल सुदर्शन पाथिराना (सेवानिवृत्त)सँग शिष्टाचार भेटघाट भएको छ ।

सिंहदरबारमा बिहीबार भएको भेटमा नेपाल–श्रीलंका सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।

नेपाल र श्रीङ्काबीच पुरानो सम्बन्ध रहेको छ । दुई देशको पुरानो र सुमधुर सम्बन्धलाई झन् गहिरो बनाउने विषयमा पनि कुराकानी भएको छ ।

परराष्ट्रमन्त्री डा.राणाले कुटनैतिक भेटवार्ताहरू नियमित गर्दै आएकी छिन् । नेपालको कुटनैतिक सम्बन्धलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउन मन्त्री डा.राणाले विभिन्न प्रयासहरू गर्दै आएकी छिन् । उनले सबै प्रकारणका कुटनीतिज्ञहरूसँग परामर्श र भेटवार्ताहरू गर्दै आएकी छिन् ।

श्रीलङ्काले पर्यटनको क्षेत्रमा राम्रो प्रगति गरेको छ । श्रीलङ्काले पर्यटनमा गरेको उन्नति र प्रगतिको परराष्ट्रमन्त्री डा.राणाले प्रशंसा पनि गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..