बागमतीका मुख्यमन्त्री लामाले नियुक्त गरेका मन्त्रीहरुको भएन सपथ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बिहीबार आफ्नै दल नेपाली कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री लामाले सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना, मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुद र विमल ठकुरीलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा नियुक्त गरेका हुन् ।

तर कांग्रेसमा मन्त्री नियुक्तिको आन्तरिक विवाद र नेकपा एमालेको असहमतिले नवनियुक्त मन्त्रीहरुको शपथ हुन पाएन । बिहीबार साँझ सवा ५ बजेलाई तय भएको मन्त्रीहरूको शपथ स्थगित भएको हो ।

बुधवार मन्त्री नियुक्त भएका कुन्दनराज काफ्लेलाई सामाजिक विकास र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । बुधबार नै मन्त्रीमा सपथ खाएका कांग्रेसकै मदुकुमार श्रेष्ठले भने मन्त्रालय पाएका छैनन् ।

कांग्रेसबाट नवनियुक्त सामाजिक विकासमन्त्री कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालय मागेका छन् । काफ्लेले यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालय मागेका थिए ।

कांग्रेसले पहिला लगाइसकेको भागबन्डामा परिवर्तन गरी भौतिक एमालेलाई दिएर आर्थिक मामिला मन्त्रालय लिएको थियो । आफूलाई सामाजिक विकास मन्त्रालय नियुक्त गरेको खबरपछि काफ्ले प्रदेश प्रमुख कार्यालयमै आएर मुख्यमन्त्री लामासँग असन्तुष्टि पोखेका थिए ।

यसैगरी मुख्यमन्त्री लामाले सल्लाह नगरी मन्त्री थपेको भन्दै एमालेले असहमति राखेको छ । शपथ कार्यक्रमकै लागि प्रदेश प्रमुख कार्यालय आएका एमाले दलका नेता जगन्नाथ थपलियाले मन्त्री थप्ने एकल निर्णयप्रति असहमति राख्दै बाहिरिएका थिए ।

१४ सदस्यीय मन्त्रिपरिषद्मा नेकपा (एमाले)बाट अमनकुमार मास्के भौतिक पूर्वाधार, प्रकाश श्रेष्ठ कृषि, किरण थापामगर स्वास्थ्य, कृष्णप्रसाद सिलवाल वन, प्रेमभक्त महर्जन श्रम तथा रोजगार र शुकमाया तामाङ उद्योगमन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..