विमान दुर्घटनामा निधन भएकाका आफन्त शव बुझ्न अझै सहमत भएनन्

काठमाडौं । हिजो (बुधबार) काठमाडौं विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी निधन भएकाको आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने अडान कायमै राखेका छन् ।

आज (बिहीबार) त्रिवि शिक्षण अस्पतालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उचित क्षतिपूर्ति दिने र शक्तिशाली छानबिन समिति बनाएकोले शव बुझ्न आग्रह गरेका थिए । तर, मृत्तकका आफन्तहरुले एयरलाइन्सले क्षतिपूर्तिको टुंगो नलगाएसम्म शव नबुझ्ने अडान मन्त्री पाण्डेसामू दोहोर्याए ।

मन्त्री पाण्डेले एयरलाईन्सका व्यवस्थापक र मृत्तकका परिवारसँगै राखेर छलफल गरेका थिए । आजको छलफल निश्कर्षमा नपुगेको बताईएको छ । एयरलाइन्सले मृत्तकका परिवारलाई दिईने रकमबारे स्पष्ट पार्न सकेन । उता, सरकारले पनि छानबिन समितिको प्रतिवेदन कहिलेसम्म सार्वजनिक गर्ने भन्नेबारे यकिन जवाफ दिएन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..