सांसद खतिवडाको पहलमा स्वदेश फर्किए मृत्युदण्डको सजाय पाएका श्रेष्ठ

काठमाडौं । दुवईमा मृत्युदण्डको सजाय पाएका ओखलढुङ्गा चिशंखुगढी–३ का भुवन श्रेष्ठ स्वदेश फर्किएका छन् । ओखलढुङ्गा–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाको निरन्तर पहलमा उनी सकुशल स्वदेश फर्किन सफल भएका हुन् ।

साथीलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको घटनामा भुवन र धादिङका महलमान मगरलाई दुवईको अदालतले मृतकका परिवारलाई ५० लाख ब्लडमनी नबुझाए मृत्युदण्ड हुने सजाय सुनाएको थियो ।

दुवईको अदालतले उनीहरुलाई सजाय सुनाएपछि सांसद खतिवडाले सदन र विभिन्न निकायमा उद्धारका लागि आवाज उठाएका थिए । उनले रकम संकलनको अभियानसमेत प्रारम्भ भएको थियो । मृत्युदण्डको सजाय पाएका दुई युवाहरुले अन्ततः सजाय माफी पाएका छन् । धादिङका मगर पनि आगामी साता नेपाल फर्किने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..