सांसद खतिवडाको पहलमा स्वदेश फर्किए मृत्युदण्डको सजाय पाएका श्रेष्ठ

काठमाडौं । दुवईमा मृत्युदण्डको सजाय पाएका ओखलढुङ्गा चिशंखुगढी–३ का भुवन श्रेष्ठ स्वदेश फर्किएका छन् । ओखलढुङ्गा–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाको निरन्तर पहलमा उनी सकुशल स्वदेश फर्किन सफल भएका हुन् ।

साथीलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको घटनामा भुवन र धादिङका महलमान मगरलाई दुवईको अदालतले मृतकका परिवारलाई ५० लाख ब्लडमनी नबुझाए मृत्युदण्ड हुने सजाय सुनाएको थियो ।

दुवईको अदालतले उनीहरुलाई सजाय सुनाएपछि सांसद खतिवडाले सदन र विभिन्न निकायमा उद्धारका लागि आवाज उठाएका थिए । उनले रकम संकलनको अभियानसमेत प्रारम्भ भएको थियो । मृत्युदण्डको सजाय पाएका दुई युवाहरुले अन्ततः सजाय माफी पाएका छन् । धादिङका मगर पनि आगामी साता नेपाल फर्किने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..