विचौलियाहरुको पहलमा कांग्रेस-एमालेसहितको गठबन्धन बन्यो : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमालेसहितको गठबन्धन विचौलियाहरुको पहलमा बनेको टिप्पणी गरेका छन् । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालीन सरकारले सुशानको पक्षमा काम गरिरहेको बेलामा विचौलियाहरुको पहलमा षड्यन्त्रपूर्वक ढंगबाट सरकार ढालिएको बताएका हुन् ।

‘सुशासनको पक्षमा सरकारको पक्षबाट दूरागामी पहल भएपछि भ्रष्टाचारमा लिप्त पक्षलाई सह्य भएन । निकै षड्यन्त्रमुलक ढंगले, विचौलियाहरुको पहलमा नयाँ गठबन्धन बनाइयो । उनीहरुको हितमा नै यसले काम गर्छ भन्ने कुरा हामीले भनिराख्नुपर्र्दैन,’– उनले भने ।

आफू नेतृत्वको सरकारलेसुशासनको पक्षमा गम्भीर पहल गरेको पनि उनले स्मरण गराए । अध्यक्ष प्रचण्डले सशासनसँगै सामाजिक न्याय, सामाजिक सुरक्षा, युवाहरुको हक हितको पक्षमा पनि आफू नेतृत्वको सरकारले सकारात्मक पहल गरेको बताए । उनले अप्ठ्यारो स्थितिमा रहेको अर्थतन्त्रसमेत आफू नेतृत्वको सरकारको पालामा लयमा आएको दाबी गरे ।

सरकार छोड्दा आफ्नो कुरा सशक्त ढंगबाट संसद्मा राखेको बताउँदै प्रचण्डले वर्तमान सरकारले विचौलियाहरुकै पक्षमा काम गर्छ भन्ने कुरा छर्लङ्ग रहेको बताए । उनले आफू वैचारिक, राजनीतिक र सरकारबाट गर्न सकिने र पर्ने कुराहरु गर्दागर्दै विजेतकाको रुपमा नै सरकार बाहिर आइपुगेको बताए । पछिल्लो समयमा दुई जनाको गिरफ्तारीसँगै आफू नेतृत्वको सरकार ढलेको उनले स्वीकार गरे ।

उनले अब के भएको हो ? किन भएको हो ? माओवादी के चाहन्थ्यो ? र अब के गर्ने ? भन्ने कुरा आम जनतालाई भन्नुपर्ने बताए । उनले माओवादी नेतृत्वको सरकार बेदाग निस्किएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..