राज्य र राजनीतिक नेतृत्वलाई गाली गर्ने चरित्र बदल्न जरुरी छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्य र राजनीतिक नेतृत्वलाई गाली गर्ने चरित्र बदल्न जरुरी रहेको बताएका छन् । आज (बिहिबार) विराटनगरमा श्रमाधान रोजगार मेलाको उद्घाटन समारोहमा उनले नेपालमा केही भएको छैन र हुनसक्दैन भन्ने भाष्य निर्माण गरेर राजनीतिक नेतृत्वलाई गाली गर्ने चरित्रको विकास भएको र त्यसलाई बदल्न जरुरी रहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नेपालमा हरेक दृष्टिकोणले सम्भावना नै सम्भावना रहेको बताए । उनले यति राम्रो सम्भावना भएको देश हुँदा पनि नेपालमा केही हुँदैन भन्ने नकारात्मक भाष्य बनाउने कसरत भएको भन्दै आपत्ति जनाए । उनले यस्तो भाष्य निर्माण हुनु नेपाल र नेपालीका लागि दुर्भाग्य हुने पनि बताए । नेपालमा सर्वत्र उद्यमलशीतलता विकासका सम्भावनाहरु रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

पर्यटन विकास, उर्जाको विकास, जडिबुटी, कृषिमा आत्मनिर्भरतालगायतका क्षेत्रमा प्रचुर सम्भावना रहेको उनको भनाइ छ । ‘उद्यम व्यवसायको दृष्टिकोण सम्भावना नै सम्भावना भएको देश हो यो । तर, यो नकारात्मक भाष्यले विस्तारै देशभक्ति मर्दै जाने खतरा पैदा भएको छ ।’ उनले भने, ‘विगतमा हामी जहिले पनि भन्थ्यौं, घरको म राजा हुँ झुपडी नै भएपनि भनेर लक्ष्मीप्रसाद देवकोटाले भनेजस्तै अहिले देश अलि पछाडि नै परेपनि म नेपालको गैरवशाली नागरिक हुँ । इतिहासमा कही सकैको अगाडि नझुकेको आत्मसम्मानसहितको नागरिक हुँ भन्नुको ठाउँमा यहाँ बसेर के हुन्छ र भन्ने । राज्यलाई गाली गर्ने, राजनीतिक नेतृत्वलाई गाली गर्ने जो चरित्रको विकास भएको छ । यसलाई बदल्न जरुरी छ । हामीले दृढ इच्छाशक्तिको साथ बल गर्ने हो भने केही वर्षभित्र नै नेपाललाई विकसित देशमा बदल्न सकिन्छ ।’

प्रधानमन्त्री प्रचण्डले सन् २०२६ मा नेपाललाई एलडीसीबाट माथि जाने र २०३० मा मध्यम आय भएको देश, सस्टिनेबल डेभलपमेन्ट प्रोग्राममा पुग्ने भनेर लक्ष्य निर्धाण गरेको बताए । नकारात्मक भाष्यको ठाउँमा सकारात्मक भाष्य र आत्मविश्वास पैदा गर्ने पहल गर्दा देशमा सबै कुरा सम्भव रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..