लामिछानेले सुन तस्करमा कारबाही सिफारिस सहसचिवलाई सीडीओ बनाए, प्रहरीमाथि भेदभाव

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीको आरोप खेप्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी काण्डमा कारबाही सिफारिसमा परेका सहसचिव अरुण पोखरेललाई नवलपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाएका छन् ।

सुन तस्करीविरुद्ध गठित छानबिन आयोगले कारबाहीको सिफारिस गरेका विवादित सहसचिव पोखरेललाई लामिछानेले पुरस्कृत गरेर सीडीओ बनाएका हुन् । पोखरेललाई कारबाही गर्नुको साटो सीडीओ बनाएर सरुवा गरेपछि सुशासनका कुरा गर्ने गृहमन्त्री लामिछानेको अनुहार उदाङ्गो भएको छ ।

गृह मन्त्रालयले बुधबार १६ सीडीओसहित २५ सहसचिवको सरुवा गरेको छ । सरुवाको सूचीअनुसार सुन तस्करी छानबिन आयोगले कारबाही गर्न सिफारिस गरेका सहसचिव पोखरेललाई गृहमन्त्री लामिछानेले सीडीओ बनाएपछि गृह मन्त्रालयभित्र खैलाबैला भएको छ ।

गृहको एउटा विभागमा कार्यरत कर्मचारीलाई जिल्लाको बागडोरको जिम्मेवारी दिएर पठाएका गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरणमा कर्मचारीलाई बचाउन लागेका छन् ।

सुन तस्करीको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरूलाई कारबाहीको दायरामा भन्दै जिम्मेवारीबिहीन बनाइरहँदा गृहमन्त्री लामिछानेले सहसचिव पोखरेललाई भने पुरस्कृत गरिरहेका छन् ।

छानबिनको नाममा प्रहरी अधिकृतहरूको मनोबल गिराइरहेका गृहमन्त्री लामिछानेले कर्मचारीलाई भने उत्कृष्ट जिम्ेवारी दिँदै छानबिन समितिको प्रतिवेदनको उपहास गरेका छन् ।

आयोगको प्रतिवेदनअनुसार प्रहरी कर्मचारीहरूलाई जिम्मेवारबिहीन बनाइरँदा कर्मचारीलाई थप जिम्मेवारी दिनुलाई गृहमन्त्री लामिछानेले प्रहरी संगठनप्रति गरेको पक्षपातपूर्ण व्यवहार मान्न सकिन्छ ।

सहसचिव पोख्रेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख रहेकै समयमा २०७९ पुस १० गते इलेक्ट्रिक चुरोट भेपमार्फत् सुन तस्करी भएको थियो ।

तस्करीको समयमा जिम्मेवार पदमा रहेका पोखरेल तस्करीमा संलग्न रहेको ठहर गर्दै छानबिन आयोगले कारबाहीको सिफारिस गरेको छ ।

तत्कालीन समयमा चीनबाट भेपमार्फत ल्याइएको करोडौंको सुन विमानस्थलको भन्सारमा ल्याएर ४७ दिनपछि भन्सारका नासु रेवन्त खड्कासँगको मिलेमतोमा भन्सार एजेन्ट दिनेश बस्नेतले चोरेर भारतीय व्यापारी नन्दुकुमार राण्डुराम मर्गलेलाई बेचेका थिए । बस्नेतले मर्गलेलाई ९ करोड सुन बेचेर ६ करोड आफूले राखेको खुलेको थियो ।

त्यसबेला अनुसन्धानको दायरामा नआएका सहसचिव पोखरेलमाथि छानबिन आयोगले अनुसन्धान गर्दा उनी पनि संलग्न रहेको ठहर गरी कारबाहीको सिफारिस गरेको थियो ।

भेप प्रकरणमा खड्का र बस्नेतसहित वेदप्रकाश अग्रवाल, साहेब राव मर्गले, अमृत कार्की र निर्मल बिक पक्राउ परेका थिए ।

सुन तस्करी छानबिन आयोग पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा पूर्वएआईजी सहकुल थापा, पूर्वसहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशी सदस्य रहनेगरी गठन गरिएको थियो ।

आयोगले गृहमन्त्री लामिछानेलाई चैत १ गते ४८५ पृष्ठको प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..