ओली र रविबीच सहकारी र गिरीबन्धुमा सहमति भएको गगनको आरोप

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले) र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच सहकारी र गिरीबन्धु टि स्टेट जग्गा हिनामिना प्रकरणमा सहमति भएको आरोप लगाएका छन् । आज (आइतबार) आकस्मिक पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन् ।

‘उहाँ (रवि) ले मेरो बारेमा बन्ने समितिमा म बस्न पर्दैन भन्नुभयो । तपाईँ बस्न पर्दैन । तपाईको काम अब नेकपा (एमाले) ले गर्दिन्छ । किन कि तपाईँहरुको बीचमा राम्रो सहमति बनेकै छ । एमालेले सहकारी नउठाउने, तपाईँले गिरीबन्धु नउठाउने,’– उनले भने ।

साथै, उपप्रधान एवं गृहमन्त्री लामिछानेले आफूमाथि लगाएका सबै आरोपमा समिति बनाएर छानविन गर्न उनले चूनौति दिए । ‘आज उहाँले जुन–जुन विषयमा समिति बनाउने भन्नु भएको छ, बनाए हुन्छ,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..